महामारीकाबीच पनि किन बढिरहेको छ पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । कोरोना महामारीकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेलरमट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोललाई १२३, डिजेलरमट्टितेललाई १०६ र हवाई इन्धनलाई ७८ प्रतिलिटर तिर्नुपर्ने छ । निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको जनाएको छ ।