मोबाइल एपबाटै रेमिट्यान्स पठाउन सकिने सुविधा ल्यायो एनआईसी एसिया बैंकले


एनआईसी एसिया बैंकले मोबाइल बैंक मार्फत  आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआइसी एसियाको मोबाइल बैंक एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्।

बैंकका अनुसार ग्राहकले आफ्नो मोबाइल प्रयोग गरी बैंकको NIC ASIA MoBank भित्र रहेको send remit आइकलमा ट्याप गरेपश्चात रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने छन्। यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *