सरकारलाई असफल बनाउन खोज्नेहरू जन्डिसको बिरामी, जेमा पनि भ्रष्टाचार देख्छन्


प्रधानमन्त्री केपी ओलीले महामारीमा पनि सत्तास्वार्थको राटी सेक्न खोज्ने प्रवृत्ति सह्य नहुने बताएका छन् ।प्रधानमन्त्रीको पदभार सम्हाल्दै प्रधानमन्त्री ओलीले आफूले सरकार बनाउन नसकेपछि प्रतिगमन भन्नेहरूले नक्कली क्रान्तिकारी चस्माबाट हेरेको टिप्पणी गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर इंगित गर्दै ओलीले देशमा शान्ति स्थापना हुन नदिने, अस्थिरता छरिरहने र बबन्डर मच्चाइहनेहरूले जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए ।

कोभिड– १९ का विरुद्ध छिमेकी राष्ट्रहरूले सहयोगको हात बढाइरहेको वेला देश र जनताप्रति चिन्तित नभई आफ्नो स्वार्थमा मात्र चिन्तित हुने प्रवृत्ति स्विकार्न नसकिने बताए । कोभिडका विरुद्ध एकजुट भएर लड्नुपर्नेमा जनतालाई निराशा बनाउने र सरकारलाई असफल बनाउन खोज्नेहरू जन्डिसको बिरामी भएको बताए । उनले भने, ‘जन्डिसका बिरामीले जता पनि पहेँलो देख्छ । त्यस्तै यहाँ कोहीकोही जेमा पनि भ्रष्टाचार देख्छन् ।’
सम्बोधनका क्रममा उनले मन्त्रीहरुलाई अस्पतालहरुलाई पूर्ण क्षमताको अक्सिजन सहित संचालनमा ल्याउन निर्देशन समेत दिए। साथै कोभिड-१९ नियन्त्रणका लागि सक्रिय भएर लाग्न सबैलाई आग्रह गरे।

कोभिड १९ बाट उत्पादन र रोजगारीमा परेको प्रभावबारे सरकार सजग रहेको ओलीको भनाई छ।
निजी र सरकारी अस्पतालमा सेवाको भाव हुनुपर्ने भन्दै उनले भने, संकटका बेला मानवीय भावना बढि आवश्यक पर्छ। यस्तो बेला परोपकारी प्रवृतिलाई बढावा दिन आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *