गम्भीर समयमा हावादारी निर्देशन दिएर सरकार पन्छिन मिल्दैन् : अफिन
काठमाडौं । निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इस्टिच्युसन अफ नेपाल (अफिन) अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएको छ ।
अफिनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्ट तयार गर्न कम्तीमा तीन महिना लाग्ने भन्दै सरकारले दिएको हावादारी निर्देशनका भरमा १५ दिनमा अक्सिजन प्लान्ट तयार नहुने जनाएको हो । अफिनको विज्ञप्तिमा भनिएको छ, “यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो भन्ने हामीले ठानेका छौँ ।”
निजी अस्पतालहरू असहज अवस्थामा गम्भीर रहेको तर सरकारले गैरजिम्मेवारपूर्ण निर्णय गरेको अफिनको आरोप छ ।