माधव नेपाल सहित उनी पक्षीय चार नेताको कारवाही फुकुवा


काठमाडौं । सत्तामा नै रहने रणनीतिका साथ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार नेतामाथिको कारवाही फुकुवा गराएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो।

नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट उहाँहरुको निलम्बन फुकुवा गरिएको छ, बैठकको निर्णयबारे जानकारी दिँदै सुवास नेम्वाङले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा एमाले अध्यक्ष ओलीले रणनीतिक रुपमा चार नेतामाथिको कारवाही फुकुवा गरेका हुन्। नेपाल पक्षका सांसदहरुले राजीनामा दिने रणनीति अख्तियार गरेसँगै ओलीले उनीहरुको कारवाही रोकेर आफ्नो पक्षलाई बलियो बनाउन खोजेका हुन्।

यसबाहेक पार्टीले लिने आकस्मिक निर्णयको अधिकार पनि केपी शर्मा ओलीलाई दिने निर्णय आजको बैठकले गरेको नेता नेम्वाङले जानकारी दिए।

समसामयिक स्थिति पार्टीको स्थितिलाई ध्यानमा राखेर काम कर्तव्य र अधिकारको निर्णय गर्ने जिम्मा ओलीलाई दिएको छ, नेता नेम्वाङले भने, कतिपय निर्णय तुरुन्त गर्नुपर्ने हुन्छ। बैठक बस्न पनि सम्भव हुँदैन। त्यस्तो निर्णयको अधिकार अध्यक्षलाई दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *