मौजुदा संकट निवारणका निम्ति जसपा नेता डा. बाबुराम भट्टराईका चार प्रस्ताव


काठमाडौं । मौजुदा संकट निवारणका निम्ति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको अवधारणा अघि सारेका छन् ।
सामाजिक संजाल ट्विटरमा उनले ४ वटा प्रस्ताव गरेका छन् ।

उनले संविधानको धारा ७६(२) अनुसार सबै दलको सहभागिता र वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् ।उनले पूर्वप्रधानमन्त्रीहरू निर्देशक रहेको एउटा समिति बनाउन सकिने विचार प्रस्तुत गरेका छन् । र, एक वर्षभित्रै अर्ली इलेक्सनमा जान सकिने पनि बताएका छन् ।

“देशको संकट हल गर्न यसो गरौं ( १) धारा ७६(२) बमोजिम सबै दलको सहभागिता र वर्तमान, पूर्व प्रमबाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, (२) दलका प्रमुख, पूर्वप्रम रहेको निर्देशक समिति, (३) साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ. लागु) ४) एक वर्षभित्र चुनाव,” ट्विटमार्फत् उनको प्रस्ताव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *