बहुमतको सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेकी हुन् । राष्ट्रपतिले सरकार गठनको समयसीमा ३ दिन तोकेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत गुमाए । ओलीले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकारको आह्वान गरिएको हो । आइतबार संसदमा भएको विश्वासको मतको पक्षमा ९४, विपक्षमा १२४ र १५ जना सांसद तटस्थ बसेका थिए ।

त्यस लगत्तै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संविधानको धारा ९७६० को २ बमोजिम सरकार गठनको आह्वान भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *