भारतमा कोरोना संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड
भारतमा पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी कोभिड १९ संक्रमित पहिचान भएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख १२ हजार २६२ जनामा संक्रमण देखिएको हो।
यस्तै, एकैदिन ३ हजार ९८० जनाको संक्रमणका कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ११३ जना संक्रमण मुक्त हुँदा हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ लाख ६६ हजार ३९८ पुगेको छ।हालसम्म भारतमा २ करोड १० लाख ७७ हजार ४१० जनामा संक्रमण देखिँदा २३ लाख १ हजार ६८ हजारको मृत्यु भइसकेको