प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिँदा त्यसको विपक्षमा उभिने : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको बैठकले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिँदा त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।
“आगामी २७ गते विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ,” कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, “हामीले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट विश्वासको मतको खिलाफमा उभिने निर्णय गरेका छौ ।”
उनले कांग्रेसले आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा संसदको विश्वास नहुने अवस्था निर्माणका लागि पहल गर्ने पनि जानकारी दिए । यस्तै कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रियसभा निर्वाचनमा माओवादीसँग ‘एलाइन्स’ गर्ने पनि निर्णय गरेको छ ।