प्रधानमन्त्री विरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने बहुमतको निर्णय,अब के होला जसपा


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का ‘बहुमत सांसद’ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् ।

वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमत सदस्यले लुम्बिनीमा मन्त्री बनेका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए ।त्यस्तै जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनले बताए ।

अध्यक्ष उपेन्द्र यादव पक्षले बिहीबार गरेको निर्णयका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसदबाट पदमुक्त गरेपछि जसपामा फेरि विवाद चुलिएको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले भने लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई पार्टीले कुनै कारबाही नगरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *