निर्वाचन आयोगका कारण भारतमा कोरोनाको दोस्रो लहर फैलियो


भारतमा कोरोनाको कहर चर्किंदै जाँदा मद्रास उच्च अदालतले सोमवार चुनाव आयोगलाई कडा आलोचना गरेको छ ।

मुख्य न्यायाधीशले त कोरोनाको दोस्रो लहरका लागि चुनाव आयोग जिम्मेवार रहेको समेत भने । उनले मे २ मा मतगणनाको दिनका लागि कोभिड प्रोटोकल बनाउन र पालन गराउन आयोगलाई चेतावनी दिए । त्यसो नगरेमा मतगणना रोक्न बाध्य हुने उनले बताए ।
मद्रास उच्च अदालतले तमिलनाडुको करूर विधानसभा सीटमा हुने मतगणनाका विषयमा परेको निवेदनको सुनुवाइ गरिरहेको थियो । निवेदनमा यस विधानसभा सीटमा ७७ उम्मेदवार भएकाले मतगणनाको दिन कोभिड प्रोटोकल पालन गराउनका लागि आदेश जारी गरिपाऊँ भनी उल्लेख गरिएको थियो ।

सुनुवाइका क्रममा मुख्य न्यायाधीश सनिब बनर्जी रिसाए । उनले चुनाव आयोगलाई सोधे, ‘चुनावी सभा हुँदा तपाईं अर्कै ग्रहमा हुनुहुन्थ्यो ? सभामा कोभिड प्रोटोकल भंग हुँदा किन नरोकेको ? सामाजिक दूरी कायम नगरी सभा आयोजन गरिए । अहिलेको परिस्थितिका लागि तपाईंहरू जिम्मेवार हुनुहुन्छ । चुनाव आयोगका अधिकारीहरूमाथि हत्याको मुद्दा चलाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *