६ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत


बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक १५.८० अंकले बढेर २६४८ को बिन्दुमा पुगेको छ ।

आज ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका मध्य म्युचुअल फण्ड, होटल र पर्यटन बाहेक सबैको समुहगत सुचक बढेको छ ।

आज एनसीसी बैंकको सर्वाधिक बढि ६२ करोड २७ लाख, निफ्राको २५ करोड ८७ लाख, एन आई सी लघु वित्तको २१ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *