कार्यालय भवनको शिलान्यासमा ओलीको भनाई,अराजकतासँग सम्झौता गरिन्न्
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।
कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय कार्यालय भवनको बिहीवार शिलान्यास गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सफलतातर्फ उन्मुख गराउँदै अघि बढ्नका लागि पार्टीमा रहेका अनुशासनहीन र अराजक पक्षलाई सम्झाउने–बुझाउने र सच्याएर मूलधारमा कायम राख्ने कोशिश भइरहेको स्पष्ट पारे ।
पार्टीभित्रको विवादबारे अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । “केही व्यक्तिको चरम महत्त्वाकांक्षा, अरुले हासिल गरेको सफलताबारे सुन्न नचाहने सङ्कीर्ण आत्मकेन्द्रित स्वार्थका कारण हाम्रो पार्टीमाथि सङ्गठित र निकृष्टरूपमा हमला गरियो ।