अरुण भ्याली हाइड्रोको ५२ लाख ४१ हजार कित्ता सेयर भोलिबाट
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ६ (भोलि) देखि सेयर निस्कासन गर्दैछ । कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन पाउँनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यो सेयरमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।