सौैर्य सिमेन्टले थाल्यो व्यवसायिक उत्पादन,गैडाछाप सिमेन्टकै गुणस्तर कायम गर्ने


सौर्य सिमेन्टले क्लिङ्कर उत्पादन सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागमा ‘नेपाल गुणस्तर (एनएस) को प्रक्रियामा रहेको सौर्य सिमेन्टले क्लिङ्करको व्यवसायिक उत्पादन थालेको हो ।

सरकारी स्वामित्वको उदयपूर सिमेन्टले उत्पादन गर्दै आएको चर्चित गैडाछाप सिमेन्टकै गुणस्तरमा सौर्य सिमेन्ट बजारमा आउने दाबी गरिएको छ । ‘उदयपूर सिमेन्टका लागि आफैँमा ब्राण्ड हो, उदयपूरको उत्पादन भन्ने बितिक्कै बजारमा छुट्टै प्रभाव पर्छ’ सौर्य सिमेन्टका प्रवन्ध निर्देशक शरद गोल्छा भन्छन्, ‘अहिले हामीले उदयपूरमा रहेको आफ्नै खानीबाट दैनिक ३ हजार मेट्रिक टन क्लिङकर उत्पादन गरिरहेका छौँ ।’

शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छा समुहको १५ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको सौर्य सिमेन्टले अहिले क्लिङकर उत्पादन गरेर बिक्रि गरिरहेको र नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह पाएपछि तयारी सिमेन्ट बजारमा ल्याउने छ ।
सरकारी स्वामित्वको उदयपूर सिमेन्टको माग बजारमा अत्याधिक रहेपनि उद्योगले बजारको माग अनुसार उत्पादन गर्न नसकिरहेको अवस्थामा उदयपूरकै चुनढुंगा खानीबाट सिमेन्ट उत्पादन गर्ने गरी सौर्य सिमेन्ट आउन लागेकाले यो सिमेन्ट उदयपूर सिमेन्टको विकल्प बन्ने दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *