बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि चरममा,अनुगमन शुन्यप्राय


काठमाडौं । पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि चरममा पुगेको छ । दाल, चामल, तेलदेखि तरका।रीसम्ममा उपभोक्ताको ढाड सेक्ने गरी बढेको मूल्यले सर्वसाधारणको भान्छा नै चलाउन मुस्किल बढ्दै गएको छ । प्राय वस्तुहरुको बजारमूल्य अहिले केही महिनाअघिको तुलनामा झण्डै शतप्रतिशतभन्दा धेरैले बढिसकेको छ ।
बजार अनुगमनमा सरकार असफल बन्दा सर्वसाधारण पीडामा परेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन ।
अनुगमनमा कालोबजारी नै भएको भेटिएपनि सरकारी निकायको माथिल्लो ओहोदामा बसेको मन्त्रीदेखि सचिवसम्मै व्यवसायीहरुलाई जोगाउनतिर लागेकाले उपभोक्ताले पछिल्लो समय मारमा पर्नुपरेको उनी बताउँछन् ।

पछिल्लो समय व्यवसायीले प्लास्टिकजन्य सामान, कुखुराको मासु, तेललगायत वस्तुहरुको मूल्य बढाएका छन । उद्योगिहरुले अन्तरराष्ट्रिय बजारमा यस्ता वस्तुहरुको कच्चा पदार्थको मूल्य भारी मात्रामा बढेकाले नेपालमा यसका उत्पादनको मूल्य बढेको बताउँदै आएका छन् ।
तर, कच्चा पदार्थको वास्तविक मूल्य बढेको हो की होईन भन्ने वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले नै अनुगमन गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *