दिल्लीलाई हराउँदै जारी सिजन राजस्थानको पहिलो जित


इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। मुम्बइको वानखेडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थानले जारी सिजन पहिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १४८ रनको लक्ष्य १९.४ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ५१ रन बनाउँदा टम करनले २१ र ललित यादवले २० रन बनाए। उता राजस्थानका लागि जयदेव उनद्कटले ३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ विकेट र क्रिस मोरिसले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले डेभिड मिलरको ६२ रन, क्रिस मोरिसको ३६ रन र राहुल तेवातियाले १९ रनको सहयोगमा लक्ष्य पुरा गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *