घलेम्दी हाइड्रोको सातौं वार्षिक साधारण सभा बैशाख २३ गते
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले बैशाख २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । होटल मुनलाईट ,काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा बैशाख १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।