कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्छ
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संसद अनिर्णयको बन्दी बनेको भन्दै अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।
कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको पनि दावी गरे ।
‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर अहिले पुनर्स्थापना संसदले बिजनेस दिन सकेन। सभामुखको भूमिका पनि शंकास्पद रहन गयो’, डा. कोइरालाले भने।कोइरालाले यो सरकार र संसदलाई राखिराख्नु पर्ने कुनै कारण नभएको बताए।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने पनि प्रष्ट पारे।