ईमर्जिङ्ग नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने, एनआईसी एसिया बिक्रि प्रबन्धक
ईमर्जिङ्ग नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।