नयाँ प्रजातिको कोभिड-१९ भाइरस भुसको आगो झैं फैलन थालिसकेको छ


काठमाडौं। पछिल्लो समय भीडभाड बढ्दा कोभिड-१९ को नयाँ भेरिएन्टले विभिन्न स्थानमा प्रवेश पाइसकेको स्वास्थ्यकर्मीहरुले बताउन थालेका छन्। त्यसैगरी अस्पतालका आइसियुमा कोरोना संक्रमित बिरामीको संख्यासमेत बढ्न थालेको डाक्टरहरु बताउँछन्।

यही सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुप बास्कोटाले नेपालमा पनि नयाँ प्रजातिको कोभिड-१९ भाइरस भुसको आगो झैं फैलन थालेकोतर्फ सचेत गराएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यसबारे शीघ्र सजगता अपनाउनसमेत आग्रह गरेका छन्। डाक्टर बास्तोलाले पछिल्लो समय कोरोना संक्रमित दोब्बरको दरले बढिरहेको बताएका छन्।

नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०५ कै हाराहारीमा छन्। जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *