विश्वमा हरेक १७ घण्टामा थपिन्छन एकजना अर्बपति : फोर्ब्स प्रतिवेदन
काठमाडौं । यस वर्ष विश्वभर ४९३ जना अर्बपति थपिएका छन् । यो संख्याले हरेक १७ घण्टामा एक जना अर्बपति थपिने गरेको विश्वका धनी व्यक्तिहरुको सूची प्रकाशन गर्दै आएको फोर्ब्सले निकालेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो समय तीब्र आर्थिक विकास गरिरहेको चीनमा हरेक वर्ष अर्बपतिहरुको संख्या बढिरहेको छ । कोरोना महामारी ९कोभिड–१९० संक्रमणको उद्गम रहेको चीनले कोरोना महामारीयता पनि विश्वकै सबैभन्दा तीब्र आर्थिक वृद्धि गरिरहेको छ । यसैक्रममा पछिल्लो तथ्यांकमा चीनमा एक वर्षमै २१० जना अर्बपति बढेका छन् ।
कुल अर्बपतिको संख्याका हिसाबले चीन अमेरिकाको नजिक पुगेको छ । अमेरिकामा अर्बपतिको संख्या ७२४ रहेको छ भने चीनमा ६९८ रहेको छ ।
चीनको बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । चीनको राजधानी बेइजिङमा सबैभन्दा धेरै अर्बपति देखिएका हुन् । बेइजिङमा पछिल्लो वर्ष मात्रै ३३ जना अर्बपति थपिएका छन् ।
योसँगै बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको छ । विगत ७ वर्षदेखि अर्बपतिको संख्याको हिसाबले शीर्ष स्थानमा रहेको न्युयोर्कलाई बेइजिङले यस वर्ष उछिनेको हो । न्युयोर्कमा ९९ जना अर्बपति रहेको फोर्ब्सको सूचीमा देखिएको छ ।