ज्योति लाईफको आईपीओ आजबाट कारोबारमा


ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज बुधबार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउँदैछ । हिजो मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा कम्पनीको आईपीओ सूचिकृत भएको थियो । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JLI सिम्बोल पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *