मुक्तिनाथ बैंकले ऋणपत्र निष्काशन गर्ने,बिक्री प्रबन्धक सानिमा क्यापिटल
मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १ अर्ब २५ करोड बराबरको ऋणपत्र सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यका १२ लाख ५० हजार कित्ताले हुन आउने ।१ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ ।
जसमध्ये ७ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ७५ करोड रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगततवरबाट बिक्री गर्नेछ । त्यस्तै, ५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ५० करोड रुपैयाँ ऋणपूँजी रकममध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन गर्नेछ छ ।
सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रवन्धक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभुति सेवा तथा लगानी व्यवस्थापन सेवा र सामुहिक लगानी कोष संचालन गर्दै आइरहेको छ ।