प्रधानमन्त्रीको राजीनामा माग्ने नेपाली कांग्रेसको निर्णय सराहनीय : डा. बाबुराम भट्टराई
काठमाडौँ। जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेपाली कांग्रेसले गरेको निर्णय सराहनीय भएको प्रतिक्रिया दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै अरु प्रतिपक्षी दललाई पनि आफ्नो कर्तव्य नभुल्न आग्रह गरेका छन् ।
‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ उनले लेखेका छन्, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’दलले आफ्ना एजेण्डाभन्दा माथि देश, जनता र लोकतन्त्रको आवस्यकतालाई प्राथमिकता दिनुपर्ने भन्दै आजको मुख्य प्राथमिकता ओलीको विदाइ नै भएको ठहर गरेका छन् ।
उनले लेखेका छन्, ‘आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’