नेपाल-खनाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक बस्दै


नेकपा एमाले (झलनाथ खनाल–माधव नेपाल पक्ष)का स्थायी कमिटी सदस्यहरूको बैठक शुक्रवार बस्दैछ ।

बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा अहिले केहीबेरपछि शुरू हुँदैछ । माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कदमपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् ।
नेपाल पक्षीय नेता युवराज ज्ञवालीले नेताहरूमाथि गरिएको कारवाही विधानविपरीत रहेको दाबी गरे । ओलीको कारवाहीका बावजुद आफूहरूले समानान्तर गतिविधि नरोक्ने ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *