साताको अन्तिम कारोवार दिनमा सुनचाँदीको भाउ


साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउमा भारी वृद्धि आएको छ । बिहिबार पनि तोलामा ९ सयले बढेको छापावाला सुनको भाउ आज पनि तोलामा ९ सयले नै बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
छापाला सुनको भाउ बिहिबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थिषे । यस्तै तेजाबी सुन पनि आज तोलामा ९ सयले नै बढेर ८६ हजार ९५० रुपैयाँ पुगेको छ ।

सुनको भाउ बिहिबार र शुक्रबार गरी तोलामा १८ सय रुपैयाँले बढिसकेको छ । बिहिबार मात्रै राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने गरी कोटा बढाएको थियो । गत वर्षदेखि दैनिक १० किलो मात्रै सुन आयात भईरहेकोमा बिहिबारको राष्ट्र बैंकको निर्णयपछि अब बैंकहरुले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन् ।

आज चाँदीको भाउ पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ९३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार ५४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *