प्रधानमन्त्री संसदमा नदेखिनु उहाँ माथिको सुरक्षा खतरा हो वा नैतिक खतरा
काठमाडौं । प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति नहुनुको कारण खोजेको छ। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडुले प्रश्न गरेका हुन्।प्रधानमन्त्री संसदमा नदेखिनु उहाँ माथिको सुरक्षा खतरा हो वा नैतिक खतरा हो?
प्रधानमन्त्री ओलीले गत फागुनको दोस्रो साता तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा आफू माथि सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रधानमन्त्री अभिव्यक्तिका बारेमा चर्चा भएको थियो।