एनआईसी एशियाले ल्यायो २ कम्पनीको सेयर लिलामीमा


एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयर पटक-पटक लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । यसअघि बिक्री नभएपछि बैंकले फेरि आज मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६१ हजार ३ सय ६६ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । नागरिक लगानी कोषको न्युनतम मूल्य प्रतिकित्ता एक हजार ५ सय ४० रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ४ सय ६६ रूपैयाँ तोकिएको छ ।
उक्त सेयरमा लगानीकर्ताले चैत्र १० गते, मंगलबारबाट चैत्र १८ गते, सम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *