माओवादी केन्द्रको स्थायी कमिटीको अनौपचारिक बैठक आज


नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको छ। पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलवार बिहान साढे ८ बजेका लागि बैठक डाकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अनौपचारिक बैठक बोलाइएको हो। सिंहदरबारमा बस्ने भन्ने भएको छ, उनले भने।

श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउनुपर्ने भएकाले समसामयिक राजनीतिबारे छलफल हुने बताए।

सर्वोच्च अदालतले फागुन २३ गते माओवादी र एमालेलाई अलग गराएपछि नेताहरु आ-आफ्नो पार्टीतर्फ लागेका थिए। माओवादी केन्द्रका नेताहरु,गृहमन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट लगायतका नेता एमालेमा प्रवेश गरिसकेको भए पनि सरकालाई दिएको समर्थन फिर्ता लिएको छैन। साथै ती नेताहरुमाथि कारवाही पनि अघि बढाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *