समीट लघुवित्तले एफपिओ निष्काशन गर्ने
समीट लघुवित्तले एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपिओ निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले चैत्र २९ गते तनहुँको आबुंखैरेनी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा सभा आह्वान गरेको हो । सभामा एफपिओ सहितका विशेष प्रस्ताव पेश हुने छन् ।
कम्पनीले सजिलो लघुवित्त र समीट मर्ज भएपछि संस्थापक र सर्बसाधारण लगानीकर्ताको शेयर अनुपात मिलाउनको लागि कम्पनीले एफपिओ निष्काशन गर्न लागेको हो।
जस अनुसार कम्पनीले ६ लाख कित्ता एफपिओ निष्काशन गर्न प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि एफपिओ निष्काशन प्रक्रिया अगाडी बढ्ने छ।