२ वाणिज्य बैंक सहित ३ कम्पनीको १ करोड कित्ता बढी शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार नेपाल बंगलादेश बैंक, सेन्चुरी कमर्शियल बैंक, र महिला सहयात्रा लघुवित्तको गरि कुल १ करोड १४ लाख २ हजार ९ सय ९० दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो ।

बिहिबार सेन्चुरी कमर्शियल बैंकको ६१ लाख ८९ हजार ५ सय ७९ दशमलव २६ कित्ता बोनस शेयर, नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५ सय ८२ कित्ता बोनस शेयर तथा २२ हजार ८ सय २९ कित्ता हकप्रद शेयर र महिला सहयात्रा लघुवित्तको १ लाख २१ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *