नेकपा एमालेले गठन गरेयो संसदीय बोर्ड,खनाल र नेपाल सदस्य


नेकपा एमालेले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । दलीय अनुशासन उल्लंघन गरेमा कारवाहीका लागि बोर्ड अनिवार्य हुन्छ ।
बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि सदस्य बनाइएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

बोर्डका अधिकांश सदस्य प्रधानमन्त्री ओली पक्षका छन् ।
संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने बोर्डमा राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, रघुवीर महासेठ, खिमलाल भट्टराईलगायत सदस्य छन् ।

बैठकले पार्टीको विधान संशोधनका लागि मुख्य सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई सदस्य रहेको कार्यदल पनि बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *