एनसीसी बैंकले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने,व्याज यस्तो


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चैत्र १३ गते, शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
बैंकले १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । चैत्र १३ गते, शुक्रबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा चैत्र १८ गतेसम्म र ढिलोमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *