नेपाली राजनीतिका मुर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो ?
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाइसकेको टिप्पणी गरेका छन् ।
उनले आइतवार राति ट्वीट गर्दै ओलीतन्त्रले बाटो नछोडे राम्रो नहुनेतर्फ संकेत गरेका छन् । डा. भट्टराईले नेकपा एमालेभित्रको विवादलाई समेत इंगित गर्न खोजेका छन् ।उनले भनेका छन्, दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे । नेपाली राजनीतिका मुर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त ?