२०७५ जेठ पछि आज माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा शुरू भएको छ ।
नेकपा एकता भंग गरी फागुन २३ गते सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रीय कमिटी बैठक बसेको हो । तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपूर्व २०७५ जेठमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको थियो ।बैठकमा संगठन विस्तार, संसद्मा खेल्ने भूमिका र नयाँ सत्ता समीकरणको प्रयास लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।