नारायणी डेभलपमेन्ट बैंकले २२ हजार कित्ता शेयर लिलाम गर्ने


नारायणी डेभलपमेन्ट बैंकले चैत्र ३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फको १५ हजार ९ सय ७४ कित्ता र सर्बसाधारण समुहको ६ हजार ५ सय ८३ कित्ता गरि कुल २२ हजार ५ सय ५७ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

यस लिलामीको शेयरमा लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
आवेदन फारम पाउँन र बुझाउनको लागि क्यापिटल कै कार्यालय नक्साल, तथा ग्लोबल आईएमई बैंकका शाखाहरु बिर्तामोड, बिराटनगर, जनकपुर, आदर्शनगर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुंग, नेपालगंज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर केन्द्र तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *