माधव नेपाल समूहले पनि तोक्यो प्रदेश र विभाग इन्चार्ज
नेकपा एमाले माधवकुमार नेपाल समूहले सातै प्रदेश र विभागमा इन्चार्ज तोकेको छ ।
काठमाडौंमा भएको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।बैठकले १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज तोकेको हो ।
बैठकले विद्यार्थी विभाग इन्चार्जमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त, महिला विभागमा अष्ठलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई र बुद्धिजीवी विभागमा प्रवेश हमाललाई इन्चार्ज तोकेको जनाइएको छ ।