राजनीतिक दलहरू म्युजीकल चेयर खेलमा लिप्त


पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू म्युजीकल चेयर खेलमा लागेको टिप्पणी गरेका छन् ।

उनले बिहीवार एक ट्वीट गर्दै देश गम्भीर संकटमा फसेको बेला दल र नेताहरूको भूमिका अपेक्षित स्तरको हुन नसकेको बताए ।
उनले भनेका छन्, अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो त ।उनले आफ्नो पार्टी जसमा त्यो मुसादौडमा नरहेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *