प्रचण्डको गृहकार्य बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा !
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता माधव कुमार नेपाल समूहले प्रचण्डको गृहकार्य बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको कुरा गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुर्यो रे र? यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न, उनले सामाजिक सञ्जालमार्फत नेपाल समूहलाई लक्षित गर्दै भनेका छन्, प्रचण्डको गृहकार्य बोकी नेकपा ९एमाले०मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ । सके पाँच बर्ष सरकार चलाउन उहाँको सहयोगी बन्नु, नसके यस्तो निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु नै उत्तम हुन्छ ।