नेप्सेमा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेन्ज( नेप्से)मा शिखर इन्स्योरेन्स को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
कम्पनीको ७.७६९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २ हजार ५२ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य २ हजार ६ सय २२ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।