सत्ता सहकार्यबारे वार्ता गर्न एमाले र जसपाको संयुक्त कार्यदल


काठमाडौं । जनता समाजवादी पार्टीले टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका रेशम चौधरीको रिहाका लागि सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेको छ ।

जसपाले आज लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको जसपाका एक केन्द्रीय सदस्यले जानकारी दिए । कार्यदलले नेकपा एमालेसँग सत्तासाझेदारीका विषयमा समेत छलफल गर्ने बताइएको छ । त्यस्तै, सरकारका तर्फबाट पनि जसपासँग छलफलका लागि दुई सदस्यीय कार्यदल बनाइएको छ । जसमा विष्णु पौडेल र सुवास नेम्वाङ सदस्य रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *