सरकारका विषयमा कांग्रेस र जसपासँग माओवादी केन्द्रले वार्ता गर्ने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले सदन र सरकार सञ्चालनका विषयमा प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद् सञ्चालन, सरकार र राजनीतिक प्रक्रिया अघि बढाउने विषयमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आवश्यक परे नेकपा एमालेसँग पनि छलफल गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *