रघुजी पन्तविरुद्ध कोमल वलीद्धारा गाली बेइज्जती मुद्दा दायर


काठमाडौँ। राष्ट्रिय सभा सदस्य कोमल वलीले रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन् ।

वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी हुन् ।नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले कारण आफ्नो चरित्र हत्या भएकोले उनलाई कानूनी दायरामा ल्याउन वलीले माग गरेकी छन् ।

पन्तले २०७७ फागुन १५ गते काठमाडौको सामाखुसीस्थित ग्लोवल क्याफेमा पूर्वएमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ‘पिँडुला देखाएर’ वली सांसद भएको टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *