अरुण भ्याली हाइड्रोलाई हकप्रद निष्काशन अनुमति


अरुण भ्याली हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज फागुन २५ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले १.०५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो । यस संगै अब कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले १.१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो । हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *