नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको १ करोड ८० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा माछापुच्छ्रे बैंक , लक्ष्मी बैंक र छिमेक लघुवित्तको गरि कुल १ करोड ८० लाख ७७ हजार ४ सय ७२ दशमलव ३१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

जस अनुसार आज माछापुच्छ्रे बैंकको ७.०३ प्रतिशतले हुन आउने ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस शेयर, लक्ष्मी बैंकको ९ प्रतिशतले हुन आउने ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस शेयर र छिमेक लघुवित्तको २२ प्रतिशतले हुन आउने ३३ लाख किटा बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *