नेपाल कम्युनिस्ट पार्टी नामको आधिकारिकता ऋषि कट्टेललाई
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ ।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो ।
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको दल दर्ता गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।