प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूचि
काठमाडौँ। प्रतिनिधि सभाको हिउँदे ‘अधिवेशन’ आज, फागुन २३ गते, शुरू हुँदैछ । विघटन नभएको भए ढिलोमा गत पुस १८ गते नै संघीय संसदको अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठक पनि शुरू हुने थियो ।
गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो ।यसअघिका अधिवेशन जस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ ।
संसदको कार्यसूची यस्तो छ