वैधानिक रूपमा म नै संसदीय दलको नेता हुँ : प्रचण्ड


नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू वैधानिक रूपमै नेकपा संसदीय दलको नेता बनेको टिप्पणी गरेका छन् ।

शुक्रवार सिंहदरबारको संसद सचिवालयमा बसेको बहुमत सांसदहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले वैधानिक ढंगबाट जिम्मेवारी पाएको बताए ।यो पटक वैधानिक ढंगबाट संसदीय दलको मैले जिम्मेवारी पाएको छु, प्रचण्डले भने, जो माननीय सदस्यहरू भ्रममा हुनुहुन्छ, केपी गुटमा हुनुहुन्छ, जिम्मेवारीका साथ यता आउन अपिल गरेका छौं ।

उनले आज बसेको संसदीय दलको बैठक नै आधिकारिक रहेको दाबी गरे । झन्डै १ सय १५ जना हस्ताक्षरसहितको बहुमतले मलाई दलको नेता चुनेको छ, उनले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *