बाटोमा भेटियो पैसा, अब टिप्नु कि छोड्नु?


धेरैको कल्पनामा बाटोमा हिड्दा हिड्दै पैसा भेट्ने सपना पनि हुनसक्छ । र अक्सर सपनामा बाटोमा पैसा भेटिएको देखिन्छ । र कतिपय अवस्थामा साच्चै बाटोमा पैसा पनि भेटिने गर्दछ । तर के बाटोमा भेटिएको पैसा टिप्नु हुन्छ?

बाटोमा भेटिएको पैसालाई कसैले शुभ मान्दछन् भने केहिले यसलाई अशुभको प्रतिक मान्दछन् ।
हिन्दु धर्ममा धनलाई लक्ष्मीका रुपमा मान्ने गरिन्छ ।यसर्थ अप्रत्याशित रुपमा पाइने पैसा अर्थात धनलाई लक्ष्मीको रुप ठानेर राम्रो मानिने गरिन्छ । तसर्थ केहिले बाटोमा भेटिएको पैसालाई लक्ष्मी कृपा मान्दछन् ।

त्यस्तै कतिपय मानिस बाटोमा भेटिएको पैसालाई अशुभ मान्दछन् । उनीहरुको मान्यता अनुसार बाटो अर्थात जमिनमा भेटिएको पैसा जो व्यक्तिको हातमा पुग्दछ यसले हानि गराउँछ ।

तसर्थ यसलाई टिप्नु हुदैन । यदि बाटोमा भेटिएको पैसा टिप्यो भने शरीरमा भएको उर्जा सो पैसाको माध्यमबाट जति जति एकबाट अर्को ब्यक्तिमा पैसा जान्छ त्यति नै उर्जा घट्दै जान्छ । त्यसैले उनीहरु यसरी भेटिएको पैसा लिन नहुने तर्क गर्दछन् ।

त्यसो भए बाटोमा भेटिएको पैसालाई के गर्ने ?
यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ ।

जुन पैसा आफ्नो होइन त्यसबारे लोभ पाल्नु उपयुक्त हुदैन । यदि हराउने ब्यक्तिको पहिचान गर्न सकिएन भने यसको जानकारी सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट दिएर उसलाई फर्काउने प्रयाश गर्न पनि सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *